जनकपुरमा पैसा छरेकाे नभइ बैंकबाट फर्कदा झरेकाे खुलासा
जनकपुरमा पैसा छरेर भागेकाे भनिएकाे घटना वास्तविक नभएकाे खुलेकाे छ ।
नोट छरेर भागेको आरोपमा पक्राउ परेका महिला जनकपुरधाम उपमहानगरपालिका–७ जानकी नगरका २ महिलाले पैसा छरेकाे घटना वास्तविक नभएकाे खुलेकाे हाे ।
शुक्रबार उनीहरू बैंकबाट पैसा निकालेर फर्केकाे र उनीहरूसँग रहेकाे पैसा मध्ये रू १० काे केही नाेट बाटाेमा खसेकाे पाइएकाे प्रहरीले जनाएकाे छ ।
उनीहरु जानकीनगरस्थित मुस्लिम टोलकी अलिना खातुन र उनकी नन्द अमुना खातुन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार दुबैजना घरायसी काम गर्छन्। शुक्रवार विहान करिब साढे १० बजे नन्द र भाउजु मुरलीचोकस्थित सहयोगी विकास बैँकबाट एक लाख रुपैँया झिकेर घर फर्कने क्रममा पैसा खसेकाे र स्थानीयबासीमा भने काेराेना फैलाउन पैसा छरेकाे अफबाह फैलिएकाे थियाे ।
बैँकबाट फर्किने क्रममा पैसा झरेको कुरा आएको र सिसि टिभीकाे फुटेज चेक गर्दा पैसा छरेकाे नदेखिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

