आयल निगमको हाताभित्र भगवती मन्दिर निर्माण

नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालयमा भगवती मन्दिर निर्माण गरिएको छ ।

निगमको गण्डकी प्रदेशको कार्यालय पोखरा हाताभित्र देवी पाञ्चायन मन्दिरको समुदघाटन समेत गरिएको छ ।

आइतबार वैदिक विधिका साथ आयल निगम सञ्चालक समितिका सदस्य देवीप्रसाद न्यौपाने र आयल निगम गण्डकी प्रदेश कार्यालयका प्रमुख विनी श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

मन्दिर स्थापनाले कार्यालयमा आउने जो कोहीले देवी भगवतीको दर्शन गर्न पाउने र यसले धार्मिक सामाजिक उत्तरदायित्व बहन भएको कार्यक्रमका प्रमुख अतिथि देवीप्रसाद न्यौपानेको भनाई छ ।

आयल निगम गण्डकी प्रदेश कार्यालयकी प्रमुख विनी श्रेष्ठले मानवले आफ्नो कर्म र आध्यात्मलाई सँगै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

सुशासन, नैतिक मुल्य मान्यतामा रहनका लागि पनि आध्यात्मिक कार्य जरुरी हुने उहाँले उल्लेख गर्नुभयो ।

Facebook Comments