जर्मनमा बन्दुक हमला
जर्मनमा दुइ ठाँउमा बन्दुक हमलाकाे घटना भएकाे छ ।
पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् ।
अज्ञात व्यक्तिले घटाएको उक्त घटना त्यहाँको दुई सिसा बारमा घटेको हो। घटनामा ५ जना घाइते भएको जनाइएको छ।
पहिलो बन्दुक आक्रमण हनाउको मध्य शहरमा भएको भने दोश्रो घटना हानाउको छिमेकी केसलस्टाडमा भएको हो।
जर्मन अधिकारीहरू घटनापछि आक्रमणकारी त्यहाँबाट भागेको र ती आक्रमणकारीको व्यापकरुपमा खोजी भइरहेको बताएका छन्।
Facebook Comments

