हेमजामा निशुल्क मास्क वितरण

संसारभर कोरना भाइरसको सन्त्रास फैलिरहेको छ । बजारमा उपभाेग्य बस्तुका साथै मास्कको समेत अभाव देखिएकाे छ ।

यसैवीच पाेखरा महानगरपालिकाकाे हेम्जा क्षेत्रमा एक समाजसेवीले निशुल्क रूपमा मास्क वितरण गर्नुभएकाे छ ।

समाजसेवी मदन थापाले पोखराको हेमजामा निशुल्क माक्स वितरण गर्नुभएकाे हाे ।

साे अवसरमा हेमजाको खोरीया तहरा, टिवटीयन् क्याम आसपासको क्षेत्र साथै मानव सेवा आश्रममा समेत मास्क वितरण गरिएको थियो ।

मास्कको सहज पहुँच नभएको र यसको प्रयोले कोरनाको संक्रमण नियन्त्रण गर्न प्रभाकारी भुमिका खेल्ने ठानी थापाले स्थानीय स्तरमा नै तयार पारिएकाे माक्स वितरण गर्नुभएको हो ।

मास्कको माग अझै भएकाले थप ५०० थान मास्क तयार गर्न लगाएको र सहज पहुँच नभएका स्थानीयवासीहरु थप ५०० थान मास्क वितरण गर्ने थापाले जानकारी दिनुभयाे ।

Facebook Comments