गण्डकी प्रदेश ‘लकडाउन’
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका गण्डकी प्रदेश लकडाउन गरिने भएकाे छ । मंगलबार बाट प्रदेशमा सवारी अावागमनमा राेक लगाइएकाे हाे ।
भारत र चीनसँग जोडिएको नाकासहित अन्य प्रदेशसँग नाका जोडिएका स्थानबाट सवारी आवागमनमा रोक लगाइएको हो ।
गण्डकी प्रदेशमा भारततर्फ नवलपरासीको त्रिवेणी सुस्ता र उत्तरतर्फ मुस्ताङ कोरोला, गोर्खाको छेकम्पार लगायतका स्थानमा नाका जोडिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा रहेको कोभिड–१९(कोरोना भाइरस) रोकथाम नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले प्रदेश लकडाउन गर्ने निर्णय गरेको हो ।
प्रदेशमा तनहुँको मुग्लिङ, नवलपरासीको गैडाकोट, गोर्खा र धादिङको सीमाना आरुघाट, पाल्पा र स्याङ्जाको सीमा राम्दी, बाग्लुङ र रोल्पा लगायतका स्थानमा नाका रहेका छन् ।
सोमबारको निर्णयपछि गण्डकी प्रदेश छिर्ने नाकाहरुमा सवारी आवागमनमा कडाई गरिने भएको छ ।
प्रदेश सरकारले ७ जनाभन्दा बढी भेला हुन पनि प्रतिबन्ध लगाएकाे छ । सबैमा अत्यावश्यक बाहेकका काममा घरबाट बाहिर ननिस्कन समेत अनुराेध गरिएकाे छ ।
तराईका विभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले नेपाल सरकारको निर्णय अनुसार सीमा नका बन्द गराएका छन् ।

