चितवनमा पहिलो महिला क्वारेन्टिन

उत्तम पण्डित, चितवन

महिलामैत्री क्वारेन्टिनको सुविधा नभएको गुनासो आइरहेको बेला चितवनमा पहिलो महिला क्वारेन्टिन बनाईएको छ । महिला र बालबालिकाका लागि चितवनको राप्ती नगरपालिकाले छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको हो ।

राप्ती नगरपालिका ६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

५० शैयाको महिलामैत्री क्वारेन्टिन बनाउने तयारी गरेको नगरपालिकाले तत्कालका भने लागि ३० श्ययाको क्वारेन्टिनको व्यवस्था गरेको प्रमुख प्रभा बरालले बताउनुभयो ।

उहांका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको नै व्यवस्थापन गरिनेछ ।

तेस्रो मुलुकबाट नेपालीहरु आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा एक समिति पनि गठन गरिएको छ ।

यस पालिकाबाट हालसम्म १२१ जना क्वारेन्टिनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टिनमा रहेका छन् । तीमध्ये १० महिला छन् ।

उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्वारेन्टिनमा राखिने उहाँले बताउनुभयो ।

राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टिनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

Facebook Comments