माेदीकाे नेतृत्व सफल भएकाे छः अमेरिकी राष्ट्रपति ट्रम्प

भारत भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री सफल नेतृत्व भएकाे बताउनुभएकाे छ ।

उहाँले माेदीकाे नेतृत्वमा भारतले अभूतपूर्व प्रगति गरेकाे बताउनुभयाे ।

दुई दिने भ्रमणका क्रममा भारत आइपुग्नुभएका ट्रम्पकाे स्वागतमा गरिएकाे कार्यक्रममा ट्रम्पले माेदीकाे प्रंशसा गर्नुभएकाे हाे ।

यसअघि विमानस्थलमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अंकमालसहित स्वागत गर्नुभएकाे थियाे ।

भ्रमणअघि पत्रकार सम्मेलन गरी ट्रम्पले भारत भ्रमणलाई आफनो कार्यकालको उच्च प्राथमिकतामा राखेको भन्दै ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नजिकको मित्र रहेको प्रतिक्रिया दिनुभएकाे थियाे ।

राष्ट्रपति ट्रम्पले भारतमा रहँदा दिल्ली, आग्रा र गुजरातको भ्रमण गर्ने कार्यक्रम रहेकाे थियाे ।

गुजरातको अहमदाबादमा राष्ट्रपति ट्रम्पले सम्बोधन गर्नुभएकाे हाे । उहाँले भारत र अमेरिका अातंकवादसँग एक अापसमा सहकार्यकासाथ लड्ने बताउनुभयाे ।

पाकिस्तान र भारतवीचकाे सीमा समस्या संवादबाट नै हल हुने विश्वास समेत ट्रम्पले व्यक्त गर्नुभयाे । सम्बाेधनका क्रममा ट्रम्पले भारत अमेरिकाकाे एक असल मित्र रहेकाे बताउनुभयाे ।

Facebook Comments