गण्डकी प्रदेशमा थप १४ जनामा काेराेना संक्रमण
गण्डकी प्रदेशमा थप १४ जनामा काेराेना भाइरस(काेभिड १९)काे संक्रमण भएकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले साँझ विज्ञप्ति जारी गरेर थप १४ जनामा काेराेना संक्रमण पुष्टी भएकाे जानकारी दिएकाे हाे ।

याेसँगै गण्डकी प्रदेशमा संक्रमितकाे संख्या ८ सय ६ पुगेकाे छ भने १ सय १८ जना निकाे भएर घर फर्केका छन् । हालसम्म गण्डकी प्रदेशमा २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुने दुवै जना स्याङ्जाका रहेका छन् ।
Facebook Comments

