राष्ट्रियसभाकाे बैठक बस्दै
संघीय संसदकाे माथिल्लाे सदन राष्ट्रियसभाकाे बैठक बस्दैछ । अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनुहुने कार्यसूची रहेको छ । साथै, बैठकमा मन्त्री चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नहुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएकाे छ ।
संसद्का दुवै सदनको बैठकका साथै आजै विभिन्न तीन वटा संसदीय समितिहरूको बैठक पनि बस्दै छ ।
जसअन्तर्गतकृषि तथा प्राकृतिक स्रोत समितिकाे बैठक ९ बजे, कानुन, न्याय तथा मानवअधिकार समितिकाे बैठक १० बजे र पूर्वाधार विकास समितिको बैठक १० बजे बस्ने तय भएको छ ।

Facebook Comments

