काेरियामा कोरोना संक्रमण ठीक भएका ४ हजार व्यक्तिद्वारा प्लाज्मा दान

दक्षिण कोरियामा कोरोना भाइरस(कोभिड १९)का संक्रमितहरुलाई यसअघि संक्रमण ठीक भएका व्यक्तिहरुको प्लाज्मा दिएर उपचार गराउन थालिएको छ ।

त्यहाँको सरकारी स्वास्थ्य संस्थाले पनि संक्रमण निको भएकाहरुलाई प्लाज्मा दान गर्न अनुरोध गरेको थियो ।

त्यहाँको सिन्चोन्जी चर्चका ४ हजार सदस्यले प्लाज्मा दान दिएर संक्रमितको उपचारका लागि सहयोग गरेका छन् ।

हालसम्म कोरोना भाइरसको उपचार विधि पत्ता लागेको छैन् । तथापि विज्ञहरुले कोरोना भाइरसको संक्रमणबाट निको भएकाहरुको शरीरमा एन्टीबडी(भाइरस प्रतिरोध गर्ने क्षमता) निर्माण भएको हुन्छ ।

संक्रमण निको भएकाहरुको शरीरबाट प्लाज्मा निकालेर संक्रमितलाई दिंदा एन्टीबडी निर्माणमा तीव्रता आउने विश्वास गरिएको छ ।

Facebook Comments