नेपाल पत्रकार महासंघ कास्कीकाे सञ्चारकर्मीका लागि जारी अपिल !

पत्रकार र सञ्चारमाध्यमका लागि
नेपाल पत्रकार महासंघ कास्कीद्वारा जारी जरुरी अपिल !

१) पत्रकार कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, त्यसैले सुरक्षित रही सही सूचना सम्प्रेषण गर्न अनुरोध गर्दछौं ।
२) कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० का बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरूः
क) कोरोना भाइरसको बारेमा रिर्पोटीङ्ग गर्दा यसका लक्षण, सर्ने माध्यम र बच्ने उपायहरू बारे सही कुरा बुझेर जिम्मेवार पत्रकारिता गरौं ।
ख) आममानिसले बुझ्ने सजिलो भाषामा कोरोना संक्रमणसम्बन्धी सत्य तथ्य सूचना सम्प्रेषण गर्दा उनीहरूको बुझाई सुध्रिने र त्रास कम हुने वातावरण बन्छ । आधा÷अधुरो जानकारीले त्रास र संक्रमितप्रति विभेद बढाउने काम मात्र गर्छ । त्यसैले आधिकारिक स्रोत र विषयविज्ञहरूबाट मात्र सूचना लिऔं । सामाजिक सञ्जालमार्फत् पनि यस्ता सूचना प्रवाहित गरौं । हामीले दिने सही सूचनाले धेरैतिरबाट आउने गलत सूचनाको प्रतिकार हुन सक्छ ।
ग) कोरोना भाइरसका बारेमा प्रसस्त चर्चा गरौं, सूचना लिउँ र दिउँ । तर, कसैलाई पनि कोरोना भाइरसको शंका भएकै आधारमा, अस्पतालमा भर्ना भएकै भरमा कोरोना संक्रमित वा कोरोना संकास्पद जस्ता शब्द प्रयोग नगरौं । ंसंक्रमितको व्यक्तिगत गोपनियतामा असर पुग्ने गरी समाचार सम्प्रेषण नगरौं । हमीले लाञ्छना लगाउँदा कसैलाई थप मानसिक पीडामा पारिरहेका हुनसक्छौं भन्ने कुराको ख्याल गरौं ।
घ) वैज्ञानिक तथ्य र तथ्याङ्कका आधारमा मात्र कोरोना भाइरसका बारेमा लेख्ने गरौं । कुनै पनि अनाधिकृत सूचना वा हल्लाहरूलाई सञ्चार माध्यममा स्थान नदिऔं र आफ्ना व्यक्तिगत सामाजिक सञ्जालहरूमा पनि शेयर नगरौं । सरकार तथा अन्य आधिकारिक स्वास्थ्य निकायहरूले दिएका सुझावहरूलाई पालना गरौं र आधिकारिक सूचना मात्रै सम्प्रेषण गरौं ।
ङ) कोरोना भाइरस रोकथाम तथा उपचारका बारेमा सकारात्मक समाचारहरूलाई प्राथमिकता दिऔं । सकारात्मक समाचारहरूले मानिसको मनोबल बढाउन सक्छ । नकारात्मक सन्देश तथा त्रास फैलाउन सक्ने सूचनाहरू सम्प्रेषण नगरौं ।
च) संक्रमणको महामारी ९भ्उष्मझष्अ० भन्दा सूचनाको महामारी ९क्ष्लायमझष्अ० चाँडो फैलन्छ । यसले मानिसहरूमा त्रासको वातावरण सृजना गर्छ भने संक्रमित र बढी संक्रमण देखिएका क्षेत्रका मानिसहरूप्रति भेदभावको अवस्था पनि सृजना हुनसक्छ ।
छ) कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि गर्नुपर्ने प्रभावकारी रोकथामका उपायहरूका बारेमा सूचना सम्प्रेषण गरौं । साथै, सीघ्र स्वास्थ्य जाँच र उपचारले हुने फाइदाका बारेमा पनि प्रकाशन प्रसारण गरौं ।
ज) विश्वमै महामारी फैलिरहेको अवस्थामा मानिसहरू आत्तिनु स्वभाविक हो तर गलत प्रचारले त्रासलाई झन् बढी फैलाइरहेको हुन्छ । त्यसैले संक्रमणबारे सत्यतथ्य बुझ्ने प्रयास गरौं । पहिले आफुले बुझौं अनी अरुलाई बुझाऔं । रोकथामका उपायहरू सचेतनाको प्रचार प्रसार गरौं ।
झ) संक्रमणविरुद्ध अग्रभागमा रहेका (स्वास्थ्यकर्मी, स्वयंसेवी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, नागरिक अभियान्ता आदि) प्रति सहयोग पुग्ने र उनीहरूलाई प्रोत्साहन हुने खालका समाचार सम्प्रेषण गरौं ।
ञ) त्रास होइन तथ्यले मात्र संक्रमण रोक्न सहयोग पुग्छ । त्यसैले संक्रमणका बारेमा सत्य तथ्य समाचार मात्र प्रकाशन, प्रसारण गरौं र भ्रामक सामग्रीलाई खण्डन गर्ने खालका सूचना सम्प्रेषण गरौं ।
ट) शब्द चयनमा ध्यान दिऔं ।
ठ) कोरोना प्रभावित भई निको भइसकेका व्यक्तिहरू, आफूलाई सुरक्षित राख्दै कोरोना प्रभावितहरूको उपचार र हेरचाहमा संलग्नहरूका समाचार र अनुभूति प्रकाशन प्रसारण गर्दा कोरोना लागि हालेपनि निको हुनसक्छ भन्ने सन्देश जान्छ । कोरोनाको उपचार र रोकथाममा संलग्न स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्ने अन्य अहिलेका ‘हिरो’ हुन् । उनीहरूलाई सम्मान गरौं र उनीहरूका सकारात्मक समाचार सामग्री सम्प्रेषण गरौं ।
ड) कोरोनाको महामारी फैलिनबाट रोक्न र यस प्रक्रियामा योगदान गरेका नागरिक, नागरिक संस्था, सरकारले गरेका सकारात्मक कार्यहरूलाई मिडियामा उचित स्थान दिने गरौं, यसले अन्य व्यक्ति र निकायलाई पनि यस प्रक्रियामा लाग्न प्रोत्साहन गर्न सकोस् ।

३) पत्रकारका लागिः
क) आफू सुरक्षित रही समाचार सम्प्रेषण गर्न आग्रह गर्दछौं ।
ख) कार्यस्थल (कार्यालय वा फिल्ड) मा जाँदा रोकथामका आधारभूत उपायहरू अपनाऔं ।
ग) सकेसम्म इमेलमार्फत् रिपोर्ट फाइल गरौं ।
घ) अत्यावश्यक बाहेकका भेटघाटहरू नगरौं
ङ) प्रत्यक्ष भेटघाट हुने प्रेसमिट जस्ता कार्यक्रमको सट्टामा प्रेस विज्ञप्ती सामाजिक सञ्जालको प्रयोग गरि प्रत्यक्ष प्रसारण तथा भिडियो कन्फरेन्स जस्ता बैकलपिक उपायहरू अपनाउन आग्रह गरौं ।
च) समय समयमा साबुन पानीले हात धुने गरौं ।
छ) सकेसम्म भिडभाड हुने स्थानहरूमा नजाऔं । जानै परे माक्सको प्रयोग गरौं ।
ज) श्रोतहरूसँग सूचना लिँदा सकेसम्म टेलिफोन वा अनलाइन माध्यमको प्रयोग गरौं ।
झ) सरकार वा आधिकारिक निकाय तथा संस्थाहरूले जारी गर्ने सूचना र जानकारीलाई मात्र आधार मानौं ।
ञ) पुस्टि नभएका, अनधिकृत स्रोतहरूबाट आएका अफवा फैलाउने सूचनालाई सामाजीक सञ्जालमा सियर नगरौं ।
ट) अत्याधिक जोरो आएमा, सुक्खा खोकी लागेमा, सासफेर्न गाह्रो भएमा, मानसपेसीको दुःखाई भएमा र थकान लागेमा समयमै स्वाथ्यकर्मीलाई सम्पर्क गरौं ।

४) सञ्चार माध्यमका लागिः
क) सञ्चारगृहहरूले सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाऔं ।
ख) सञ्चार सेवापनि नेपाल सरकारले तोकेको अत्यावश्यक सेवाभित्र पर्ने भएकोले, संचारमाध्यमक बन्दनगर्न तर, समाचार र समाचारमुलक कार्यक्रम बाहेकका मनोरञ्जनात्मक÷साङ्गीतिक कार्यक्रमहरू मिलेसम्म कटौती गरी पत्रकार कर्मचारीलाई विदा दिऔं । पत्रपत्रिकाहरूको हकमा पनि प्रत्यक्ष वितरणको सट्टा बैकलपिक उपाय खोज्न र अनलइन माध्मबाट सूचना अप्डेट गर्न आग्रह गर्दछौं ।
ग) कार्यालय, न्यूज रूपम, स्टुडियोलाई स्प्रे गरी ‘डिस्इन्फेक्स’ गरी सेनिटाइजर अनिवार्य गर्न आग्रह गर्दछौं ।
घ) पारिश्रमिक तथा सेवा–सुविधा नियमित रूपमा उपलब्ध गराउन तथा पत्रकार÷कर्मचारीको सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्दछौं ।

Facebook Comments