सार्क मुलुकमा कोरोना भाइरसका कारण ५० हजार बढी संक्रमित
विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण दक्षिण एशियाली मुलुकहरु समेत प्रभावित बनेका छन् ।
सार्क मुलुकहरुम मात्र ५१ हजार ८ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार ४ सय ४७ जनाको मृत्यु भएको छ ।
यस भाइरसका कारण भारतमा २९ हजार ४ सय ५१ जना संक्रमित भएकोमा ९ सय ३९ जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म ६ लाख ६५ हजार ८ सय १९ जनामा कोरोना भाइरस परीक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरस संक्रमित फेला परेका हुन् । संक्रमित मध्ये ७ हजार १ सय ३७ जनालाई निको भइसकेको छ ।
पाकिस्तानमा १३ हजार ९ सय १५ जनामा संक्रमण देखिएको छ भने २ सय ९२ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा हालसम्म १ लाख ५० हजार ७ सय ५६ जनाको परीक्षण भएको छ । संक्रमितमध्ये ३ हजार २९ जनालाई निको भइसकेको बताइएको छ ।
त्यसैगरी बंगलादेशमा ५ हजार ९ सय १३ जनामा संक्रमण देखिएकोमा १ सय ५२ जनाको मृत्यु भएको छ ।
अफगानस्थानमा १ हजार ७ सय ३ जना संक्रमित मध्ये ५७ जनाको मृत्यु भएको छ । श्रीलंकामा ५ सय ८८ संक्रमित मध्ये ७ जनाको मृत्यु भएको छ ।
बंगलादेशमा १ सय ३१ अफगानस्थानमा २ सय २० र श्रीलंकामा १ सय २६ संक्रमितहरु निको भएर घर फर्केमा छन् ।
माल्दिभ्समा २ सय २६, नेपालमा ५२ र भुटानमा ७ जना संक्रमित फेला परेका छन् । जसमध्ये माल्दिभ्समा १७, नेपालमा १६ जना र भुटानमा ४ जनालाई निको भएको छ ।

