विद्याकी देवी सरस्वतीकाे पुजा आराधना गरी मनाइंदै

सरस्वती पूजा या भनौ, श्रीपञ्चमी भनाै वा वसन्त पञ्चमी आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा आराधना गरी मनाइने विशेष दिन हाे । शिक्षण संस्था, पुस्तकालयमा सरस्वतीकाे पुजाका लागि विशेष कार्यक्रम गरिन्छ ।

विद्यार्थीहरू सरस्वती देवीकाे पुजा गर्दछन् । विद्यार्थीहरूले सरस्वतीकाे पुजा गर्नुका साथै आफूले अध्ययन गर्ने कितावकाे समेत पुजा गर्दछन् ।

जो चन्द्रको समान उज्जवल हुनुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित शुसोभीत हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् भनेर सरस्वतीकाे आराधना गरिन्छ ।

आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ । हिउँदकाे जाडो र पानीको ठिहिबाट क्रमशः अब कोईलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम बसन्तको सेरोफेरोमा स्वागत छ ।

अव क्रमशः गर्मी शुरू हुने मान्यता समेत रहेकाे छ ।

‘ब्रह्मा भिभर्त पूराण’मा प्रष्ट रूपमा उल्लेख गरिएको छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गरिन्छ भनि भगवान श्री कृष्णले वरदान दिएका हुन्र । विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।

विद्यालयहरु र सरस्वती मन्दिरमा विहानैदेखि विशेष रमझम रहन्छ । साना बालबच्चाहरूलाइ आजको दिनबाट नै अक्षराम्भ गराउने गरिन्छ ।

Facebook Comments