संसद विघटन नेकपा विवादसँग सम्बन्धित छः न्यायधीश

संसद विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले संसद विघटनको मुद्दा नेकपा विवादकै मुद्दासँष सम्बन्धित रहेकाे बताउनुभएकाे छ ।

मंगलबार संवैधानिक इजलासमा दुई न्यायाधीशद्वारा प्रस्तुत रायमा संसद विघटनको मुद्दा २३ फागुनको फैसलाको उपउत्पादन भएको उल्लेख छ ।

‘यस अदालतबाट गत फागुन २३ मा अन्तिम आदेश भएको ०७७–wo–०५१७ को रिट र हालको रिट निवेदनहरुमा उल्लेखित पक्ष, विपक्ष र विषयवस्तुलाई नियालेर हेरेमा सो फैसलाको उपउत्पादन हामी समक्ष प्रस्तुत विवादहरु हुन् भन्ने निष्कर्षमा जो पनि पुग्न सक्छ’ कार्की र आनन्दमोहन भट्टराईकाे रायमा उल्लेख गरिएकाे छ ।

संसद विघटनको मुद्दाको सुनुवाइका क्रममा इजलाशमा रहेका तेजबहादुर केसी र बमकुमार श्रेष्ठका बिषयमा इजलासमा रहन नहुने भन्दै रिट पक्षमा कानुन व्यवसायीहरूले बहस गरेका थिए ।

तर न्यायाधीश श्रेष्ठ र केसीले नेकपा विवाद र संसद विघटन अलग अलग मुद्दा भएकाले आफूहरु मुद्दा हेर्न मिल्ने राय दिनुभएकाे थियाे ।

केसी र श्रेष्ठ इजलाशबाट अलग नभएपछि न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु हालकाे इजलाशमा नरहने घाेषणा गर्नुभएकाे थियाे ।

Facebook Comments