जसपामा ठाकुर र यादव पक्षद्वारा एक-अर्कामाथि कार्वाही घाेषणा
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले एक अर्काे समूहका नेतालाई पार्टीबाट निष्कासन गरेकाे घाेषणा गरेका छन् ।
यादव पक्षले ठाकुरसहित राजेन्द्र महताे, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासनको निर्णय गरेकाे थियाे ।
मंगलबार कार्यकारिणी समितिकाे बैठकबाट चार नेतालाई पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरिएकाे निर्वाचन आयाेगलाई समेत जानकारी गराएकाे सार्वजनिक भएकाे थियाे ।
त्यसकाे केही घण्टा वित्न नपाउँदै ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासनकाे निर्णय भएको हाे ।
दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाउँदै कार्वाही गरेका हुन् । जसपाकाे कार्यकारिणी समितिमा यादव पक्षकाे स्पष्ट बहुमत रहेकाे छ ।
वर्तमान केपी शर्मा ओली नेतृत्वकाे सरकारलाई हेर्ने सम्बन्धमा जसपमा विवाद रहेकाे छ । ठाकुर पक्ष ओली सरकारप्रति नरम हुँदै सरकारमै सहभागी हुने तयारीमा लागेकाे छ । भने यादव पक्षले ओली नेतृत्वकाे सरकार प्रतिगामी भएकाे भन्दै संसद विघटन लगायतका मुद्दामा काँग्रेस माओवादी लगायतकाे गठबन्धनमा रही विराेधका कार्यक्रममा सहभागी भएकाे छ ।

