एमालेले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने

नेकपा एमालेको ओली पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।

माधवकुमार नेपाल पक्षका ११ जना नेतालाई निष्कासन गरिसकेकाे एमालेकाे ओली पक्षीय स्थायी समिति बैठकबाट निर्णय गरी अन्य १२ जनालाई स्पष्टीकरण साेधेर कार्वाहीकाे तयारी गरेकाे थियाे ।

तर सोमबार साँझ मात्र अध्यक्ष ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच छलफल भएपछि नेताहरूमाथिकाे कार्वाही राेकिएकाे छ ।

दुवै पक्षले एकताका बिषय ठाेस गर्न कार्यदल बनाएका थिए । प्रवक्ता ज्ञवालीका अनुसार जेठ २ मा बनेको कार्यदलका केही सदस्य कारबाहीमा परेकाले त्यो अतित्वमा छैन ।

ज्ञवालीका अनुसार पार्टी एकता जोगाउने र धेरैभन्दा धेरै साथीहरु मुलधारमा राख्ने उद्देश्यका साथ लागिपरेकाे छ ।

पार्टी र सरकार सञ्चालनकाे बिषयमा एमालेभित्र तिव्र विवाद रहेकाे छ । पछिल्लाे संसद विघटनले झन् विवाद बढाएकाे छ ।

Facebook Comments