गण्डकी प्रदेश सरकार अवैधानिक भएकाे विपक्षीकाे आराेप

गण्डकी प्रदेशसभाका विपक्षी सांसदहरूले गण्डकी प्रदेश सरकार नै अवैधानिक भएकाे जिकीर गरेका छन् ।

उनीहरूले संसदमा छलफल चलिरहेको विनियोजन विधेयक २०७८ माथि धारणा राख्न समेत अस्वीकार गरेका छन् ।

मंगलबारदेखि छलफल प्रारम्भ भएको उक्त विधेयकमा विपक्षी दल कांग्रेस र माओवादीका सांसदले अवैधानिक सरकारले ल्याएकाे विधेयकमा कुनै प्रतिक्रिया नदिने बताएका हुन् ।

मंगलबारकाे बैठकमा कांग्रेस सांसद प्रकाशचन्द्र दवाडी, विन्दुकुमार थापा, ललितकला गुरुङ, माओवादी सांसद लेखबहादुर थापामगर, रामजीप्रसाद बराल, आशा कोइराला लगायतले अवैधानिक सरकारले विधेयक ल्याएको भन्दै कुनै प्रतिक्रिया नदिएका हुन् ।

गत २९ वैशाखमा पुनः मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले २९ जेठभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । पहिला विश्वासको मत लिएरमात्रै बजेटको काम र छलफल अगाडि बढाउन विपक्षी सांसदहरूकाे माग रहेकाे छ ।

Facebook Comments