थप २ हजार ७६० जनामा काेराेना संक्रमण पुष्टि
नेपालमा बिहीबार थप २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ जनामा कोरोना परीक्षण गरिएको थियो।
७ हजार १३० जनामा पिसिआर परीक्षण गरिएकोमा १ हजार ८५७ र ३ हजार ८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ३ जनामा संक्रमण देखिएको हो।
यस्तै कोरोनाबाट ४ हजार १७ जना संक्रमणमुक्त भएका छन् भने ३३ जनाकाे मृत्यु भएकाे छ । अहिलेसम्म ९ हजार १४५ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । अहिले सक्रिय संक्रमितकाे संख्या ३१ हजार ३ सय ६८ रहेकाे छ ।
Facebook Comments

