एमाले केन्द्रीय कमिटी बैठकमा नेपाल समूहका सबैलाई निम्ताे

शुक्रबार बस्ने भनिएकाे नेकपा एमालेकाे केन्द्रीय कमिटीकाे बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबैलाई निम्ता गरिएकाे छ । तर महाधिवेशन आयोजक कमिटी नै अवैध बनेकाे माधव नेपाल समूह साे बैठकमा सहभागी हुने नहुने अझै निश्चित छैन् ।

साे समूहकाे स्थायी कमिटी बैठक जारी छ । बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बैठक जारी छ ।

अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटी कायम गरेपछि यो समूहको स्थायी कमिटी बैठक हाे ।

अध्यक्ष ओलीले एमालेको केन्द्रीय कमिटी कायम भएकाे बताएपछि साे कमिटी अदालतले समेत मान्यता नदिएकाे र विमतिकै वीचमा विवादित निर्णय गरेकाे भन्ने कतिपयकाे टिप्पणीले एमालेभित्रकाे विवाद तत्काल समाधन हुने देखिएकाे छैन ।

विभाजन हुने या नहुने भन्ने सम्बन्धमा भोलिको बैठकमा नेता नेपालसहित साे समूहका नेता सहभागी हुन्छन कि हुन्नन त्यसे अर्थ राख्नेछ ।

Facebook Comments