एमाले केन्द्रीय कमिटीकाे बैठकमा खनाल नेपाल समूहका नेता सहभागी नहुने

नेकपा (एमाले) ले बोलाएको भोलि शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा झलनाथ खनाल माधवकुमार नेपाल पक्ष सहभागी नहुने साे समूहका नेता युवराज ज्ञवालीले बताउनुभएकाे छ ।

विहीबार खनाल नेपाल पक्षको स्थायी कमिटी बैठकले सहमति बिना बोलाइएको बैठकमा जानुकाे औचित्य नभएको निश्कर्ष निकालेकाे हाे ।

पार्टीलाई २०७५ जेठ २ को संरचनामा फर्काउनका लागि दुवै पक्षका बिचमा वार्ता र छलफल भएर सहमति हुनुपर्नेमा एकपक्षीय ढंगले महाधिवेशन आयाेजक कमिटीका नाममा विभिन्न निर्णयपछि बैठक डाकेकाले सहभागी नहुने ज्ञवालीकाे भनाइ छ ।

बैठक भन्दा पहिला एजेण्डामा सहमति हुनुपर्ने खनाल नेपाल समूहकाे बटमलाइन भएकाे पनि उहाँकाे भनाइ छ । विवादका बेला एकतर्फी रुपमा एजेण्डा तय हुनु गलत रहेको साे समूहकाे निष्कर्ष छ ।

बुधबार प्रधानमन्त्री ओली पक्षीय नेताहरु मात्र सहभागी दसौं महाधिवेशन आयोजक कमिटी बैठकले साे कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको घोषणा गरेका थियाे।

तत्पश्चात भाेली शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएकाे हाे ।

Facebook Comments