६ प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीमा जान प्रदेश सांसदकाे सनाखत

६ वटा प्रदेशको प्रदेशसभामा यसअघि एमालेमा रहेका केही प्रदेश सांसदहरू नेकपा एकीकृत समाजवादी पार्टीमा जाने भएका छन् । प्रदेश सांसदले सम्बन्धित निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ ।

प्रदेश सांसदहरूले गरेकाे सनाखतका अाधारमा प्रदेश २ र सुदूरपश्चिममा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल हुने भएकाे छ ।

साे पार्टीमा गण्डकी प्रदेशसभामा भने कसैले पनि हालसम्म सनाखत गरेका छैनन् ।

नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेकाे हाे । प्रदेशमा सांसदहरूले फरक दल राेजेपछि सत्ता समीकरण समेत बदलिने देखिएकाे छ ।

प्रदेश १ र वागमतीमा मुख्यमन्त्री फेरेर पनि सरकार जोगाउने एमालेको प्रयासमा नेकपा एकीकृत समाजवादी बाधक हुने भएकाे छ ।

साे पार्टी एमाले इतरकाे गठबन्धनमा सामेल भएकाे छ । गण्डकी र लुम्बिनीमा यसअघि नै एमाले नेतृत्वकाे सरकार यसअघि नै परिवर्तन भइसकेकाे छ भने अब बाग्मती र प्रदेश नं. १ मा पनि गठबन्धनकाे सरकार बन्ने निश्चित जस्तै बनेकाे छ ।

प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) तथा कर्णाली र सुदूरपश्चिममा यसअघि माओवादी केन्द्र नेतृत्वको सरकार छ । जसलाइ नेकपा एकीकृत समाजवादीकाे पनि समर्थन छ ।

प्रदेश १ मा एमालेबाट ५१ जना सांसदमध्ये १० जना सांसद नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन् । त्यस्तै प्रदेश २ मा एमालेका २१ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी राेज्काने बताइएकाे छ ।

बाग्मतीमा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य २ हप्ता नपुग्दै अल्पमतमा पर्नुभएकाे छ । एमाले नेतृत्वकाे सरकार जाेगाउने कसरतमा यसअघि नेपाल पक्षमा रहेकी शाक्यलाइ एमालेले मुख्यमन्त्री बनाएकाे थियाे । तर एमालेकाे उक्त कसरत असफल बन्ने निश्चित भएकाे छ । गण्डकीमा प्रदेश सभामा एकीकृत समाजवादी शुन्य अवस्थामा छ भने लुम्बिनीमा १ र कर्णालीमा २ जना सांसद एकीकृत समाजवादीमा जाने भएका छन् ।

Facebook Comments