पृथ्वी राजमार्ग ४ लेनकाे बन्दै
पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडकखण्ड चार लेनको बन्ने भएकाे छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बन्न लागेको हो ।
८० किलोमिटर सडककाे विस्तार २ चिनीयाँ कम्पनीले गर्दैछन् । जसअनुसार आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले र जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले ठेक्का हात पारेका छन् ।
६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा यो खण्डको ठेक्का सम्झौता भएको हो ।
२७ भदौमा निर्माण कम्पनीलाई कार्यक्षेत्र हस्तान्तरण भइसकेकाे छ ।
Facebook Comments

