१ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २ सय ५५ एन्टिजेन परीक्षण गर्दा १ सय ६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ९ सय ३८ जना काेराेना भाइरसकाे संक्रमणबाट मुक्त भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ भने कूल मृत्यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ । त्यस्तै हालसम्म ७ लाख ६६ हजार ६ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १५ जना रहेकाे छ । विज्ञहरूले काेराेना संक्रमणकाे जाेखिम कायमै रहेकाले सचेतना अपनाउन अनुराेध गरेका छन् ।

