एमालेकाे विधान अधिवेशन शुरू
नेकपा एमालेकाे विधान अधिवेशन शुरू भएकाे छ । विधान अधिवेशनमा राजनीतिक प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नुभएकाे छ ।
प्रस्ताव पेश गर्ने क्रममा आफूलाई स्वास्थ्य समस्या भएपछि अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेस गर्न नेता शंकर पोखरेललाई जिम्मा दिनुभएकाे थियाे ।
शुक्रबार ललितपुरको गोदावरीमा सुरू भएको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गर्दै रहँदा ओलीले आफूलाई रूघाखोकीका कारण समस्या भएको भन्दै प्रस्ताव पेस गर्ने जिम्मा पोखरेललाई दिनुभएकाे थियाे ।

प्रतिवेदनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अदालतको आलोचना गरिएकाे छ । भने आफू र आफ्नो नेतृत्वको सरकारको बचाउ गरिएकाे छ । सरकार गिराउन, पार्टी विभाजन गर्नका लागि विगतदेखिकै उद्देश्यका साथ गरिएकाे पनि प्रतिवेदनमा जिकीर गरिएकाे छ ।

