लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गर्नुभएकाे हाे ।
सर्वाेच्चकाे फैसला बमाेजिम नेकपा नेकपा एमाले र माअाेवादी केन्द्र बनेपछि पाेखरेलले विश्वासकाे मत लिनुपर्ने अवस्था थियाे । पाेखरेलकाे सरकारविरूद्द अविश्वासकाे प्रस्ताव पेश भइ बिशेष अधिवेशन समेत बाेलाइएकाे बेला पाेखरेलले आइतबार विहान मात्र राजीनामा गर्नुभएकाे थियाे ।
पाेखरेलले बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । विपक्षी दलहरूले पाेखरेलकाे नियुक्ति राेक्न माग गर्दै ४० जनाकाे हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष माग गरेका थिए ।
नेकपाबाट निर्वाचित सांसद विमला वलीले माअाेवादी केन्द्रमा जाने निर्णय गरेपछि एमालेकाे मात्र एकल बहुमत नरहेकाे अवस्थामा पनि पाेखरेलकाे नियुक्ति भएकाे हाे । एमालेका ३ सांसदले राजीनामा दिएपछि पाेखरेलकाे नियुक्ति विवादमा परेकाे छ ।

