पाँचौ पोखरा स्पोर्टस् अवार्ड सम्पन्न, नविन र पार्वती उत्कृष्ट खेलाडी

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६÷७७ सम्पन्न भएको छ ।

मञ्चले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै पोखरा रंगशालाको ब्याण्डमिन्टन हलबाट सेमि भर्चुअलरुपमा सो समारोह गरेको हो ।

वर्ष उत्कृष्ट पुरुष विधामा नवीन रसाइली वर्ष खेलाडी महिलामा पार्वती गुरुङ (तेक्वान्दो) घोषणा हुनुभएको छ ।

७ विधा मध्ये अवार्डमध्ये लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराको फुटबल खेल विकासमा योगदान पु¥याएका केशव रञ्जित (आनन्द) र वर्ष उत्कृष्ट खेल संघ पुरस्कार जिल्ला आर्चरी संघलाई प्रदान गरिएको छ ।

खेल पत्रकारितामा योगदान पु¥याएकामध्ये उत्कृट खेल पत्रकारमा केशव पाठक र सन्देश श्रेष्ठ सम्मान गरिएको छ ।

उत्कृष्ट ३ मनोनयनतर्फ वर्ष उत्कृष्ट पुरुष विधामा नवीन रसाइली (कराते), विनेश खनियाँ (टेबलटेनिस) र सुमन अर्याल (फुटबल) परेका छन् भने वर्ष खेलाडी महिलामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो) र प्रशंसा क्षेत्री (तेक्वान्दो) मनोनयनमा परेका छन् ।

हरेक विधामा उत्कृष्ट १ जनाले मूल कार्यक्रममा नगद सहित अवार्ड प्रदान गरिएको छ । साथै मनोनीत सबैलाई ट्रफी र प्रमाणपत्र उपलब्ध गराइएको छ ।

लाइफटाइम अचिभमेन्ट अवार्डमा चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्ला छ भने वर्ष खेलाडी पुरुष र महिलालाई जनही २÷२ लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिएको छ ।

वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकार (२ जना) लाई जनही ३५ हजार, सम्मानपत्र, ट्रफी र दोसल्ला दिइनेछ ।

अघिल्लो वर्ष हुन नसकेको सो अवार्ड यसपालि वर्ष २०७६÷७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी स्पोर्टस् अवार्ड प्रदान गरिएको मूल आयोजक समिति संयोजक एवं मञ्च अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

Facebook Comments