साेमबारसम्म देउवाकाे पक्षमा गरिएका हस्ताक्षर फिर्ता लिन अल्टिमेटम !
नेकपा एमालेले पार्टी एकताका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहले गरेको हस्ताक्षर फिर्ता लिन माधव नेपाल पक्षधर नेताहरूलाई साेमबारसम्मकाे समय दिएकाे छ ।
पार्टी एकता लागि पुन: एक पटक प्रयास गर्ने भन्दै शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले याे निर्णय गरेकाे हाे । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी एकताका लागि सबैलाई रचनात्मक भूमिका खेल्न आग्रह गर्नुभएकाे थियाे ।
बैठकले एमाले एकतालाई सुदृढ गर्न पुनः एक पटक सबै नेता कार्यकर्तालाई आह्वान गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।
बैठकमा ओलीले पार्टी एकताका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहले गरेको हस्ताक्षर फिर्ता लिए मात्रै एकताको आधार तयार हुने बताउनुभएकाे थियाे । साेमबासम्म हस्ताक्षर फिर्ता नलिए पार्टी विभाजन सरह हुने ओलीकाे भनाइ थियाे ।

