एमालेका ४ प्रदेश सांसद पदमुक्त

एमालेबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने ४ सांसद पदमुक्त भएका छन् ।

साेमबार सर्वोच्च अदालतले पार्टीको ह्वीपविपरीत ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका चार सांसदलाई एमालेले गरेको कारबाही सदर हुने गरी आदेश दिएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, अम्बरबहादुर थापा कुर्मराज शाही र नन्द सिंह बुढाको सांसद पद जाने गरी फैसला सुनाएकाे हाे ।

यसअघि भने सर्वाेच्चले सांसद पदमा यथावत राख्न अन्तरिम आदेश दिएको थियाे ।

Facebook Comments