एमाले प्रवेश गरी माओवादी केन्द्रकै सांसद बन्न पाउँ भन्ने नेतालाई सर्वोच्चकाे ‘रेड’ सिग्नल

एमालेकाे स्थायी कमिटीमा समावेश भइ आफूलाई नेकपा (माओवादी केन्द्र)कै सांसद बन्न पाउँ भन्ने ४ नेतालाई सर्वोच्चकाे ‘रेड’ सिग्नल दिएकाे छ ।

पू्र्व माओवादी खेमाका एमाले नेताहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी र सांसद पदबाट पदमुक्त गर्ने नेकपा (माओवादी केन्द्र)को निर्णयविरुद्ध सर्वाेच्च गएका थिए । उनीहरूले नेकपा (माओवादी केन्द्र) त्याग नगरेकाे तथा एमालेकाे सदस्यता नलिएकाे दावी रिट निवेदनमा गरेका थिए । त र ४ जना नै एमालेका विभिन्न तहका जिम्मेवारीमा बसी बैठक तथा कार्यक्रममा भने सहभागी भएका थिए ।

उनीहरूले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेकाे हाे । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिइराख्नुनपर्ने ठहर गरेको हो ।

‘नेकपा माओवादी केन्द्रले आफ्नो विवेक वा तजबिज प्रयोग गरी दल त्याग सम्बन्धमा गरेको निर्णयको औचित्य वा अन्तरवस्तुमा प्रवेश गरी समग्र तथ्यगत सन्दर्भहरूको विश्लेषण गरेर अहिले अन्तरिम आदेशकै सन्दर्भमा प्रश्नहरूको निरूपण गर्नु मनासिव देखिँदैन । सुविधा सन्तुलन समेतका दृष्टिले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखिन आएन,’ सर्वोच्चको आदेशमा उल्लेख छ ।

विपक्षी माओवादी केन्द्र, संसद सचिवालय निर्वाचन आयाेगका नाममा कारण देखाऊ आदेश भने जारी भएको छ ।

Facebook Comments