प्रेस सेन्टरकाे अधिवेशन हुँदै, अध्यक्षमा ३ जना आंकाक्षी
प्रेस सेन्टर नेपाल कास्की शाखाको पाँचौ अधिवेशन भाेली कार्तिक १७ गते पोखरामा हुँदैछ । अधिवेशनकाे तयारी पुरा भएकाे प्रेस सेन्टरका संयाेजक सन्देश श्रेष्ठले जानकारी दिनुभयाे ।
जिल्ला नेतृत्वका लागि दिपक परियार, कृष्ण दवाडी र शिवराज वस्ताकोटीले अध्यक्षको दावी रहेकाे बुझिएकाे छ ।
सेन्टरको अधिवेशनलाई सर्वसम्मत् वनाउन दलले पहल गरिने बताउनुभएकाे छ । उम्मेद्वारहरु मध्य कतिपयले आफूले नेतृत्व पाउनु पर्ने माग गर्दै अरुको नाममा सर्व सम्मत गर्न नसकिने र निर्वाचनका लागि तयार रहेकाे बताएका छन् ।
Facebook Comments

