कांग्रेसले प्रदेशकाे नेतृत्व चयन गर्दै
नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश तहमा नेतृत्व चयन गर्दैछ ।
प्रदेशकाे अधिवेशन सुरु भएकोमा प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएकाे छ ।
प्रदेश २ काे सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश दुईको प्रदेश अधिवेशन केही दिन ढिला हुने पनि अायाेगले जनाएकाे छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ । प्रदेश एकको अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेश अधिवेशन हेटौंडा, गण्डकीको कर्णाली, लुम्बिनी अधिवेशन भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसमा पहिलो पटक प्रदेश कमिटी बन्न लागेको हो । प्रदेश नेतृत्वका लागि कांग्रेसभित्र संस्थापन र इतर समूहले छुट्टाछुट्टै प्यानल बनाएर प्रदेशकाे अधिवेशनमा हाेमिएका छन् ।

