नेपाल प्रवेश गर्ने सबैकाे काेराेना परीक्षण गर्ने प्रधानमन्त्रीकाे घाेषणा

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बाेधन गर्दै नेपाल प्रवेश गर्ने सबैकाे एन्टीजेनकाे माध्यमबाट काेराेना संक्रमण परीक्षण गरिने बताउनुभएकाे छ । उहाँले अक्सिजनकाे प्रयाेग अस्पतालमा बिरामीकाे उपचारकाे लागि बाहेक अन्य प्रयाेजनमा गर्न नपाइने निर्णय भएकाे पनि जानकारी दिनुभयाे ।

साथै सरकारले उपचारका लागि प्रवन्ध गर्ने बताउनुभयाे । मेडिकल कलेजहरूलाइ अव काेराेना उपचारका लागि प्रयाेग गर्ने र केही स्थानमा अस्थायी अस्पतालहरू स्थापना गर्ने समेत प्रधानमन्त्रीकाे घाेषणा रहेकाे छ ।

प्रधानमन्त्रीले जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुराेध गर्दै पालना नगर्नेलाइ कार्वाही गर्ने बताउनुभएकाे छ ।

Facebook Comments