चितवनमा साेमबार ४ जना काेराेना संक्रमितकाे मृत्यु
चितवनमा चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सोमबार एकै दिन चितवनका विभिन्न अस्पतालमा उपचार गराइरहेका मध्ये ४ जनाकाे मृत्यु भएकाे हाे ।
कार्यालयका अनुसार चितवन मेडिकल कलेज (सीएमसी)मा ३ जना र कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेज (सीएमएस) मा १ जनाको मृत्यु भएको हो ।
हाल चितवनकाे सीएमसीमा ९ जना र सीएमएसमा ४ जना गरी १३ भेन्टिलेटरमा र ६४ जनाकाे आईसीयूमा उपचार भइरहेको पनि स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ ।
भरतपुर अस्पतालमा १०६, सीएमसीमा ७८ र सीएमएसमा ३६ जना काेराेना संक्रमित उपचाररत रहेका छन् । जिल्लामा भरतपुर अस्पतालमा ११० शय्या, सीएमसीमा १३९ शय्या र सीएमएसमा १०० शय्या कोभिड संक्रमितका लागि छुट्टाइएको छ ।
संक्रमितकाे दर दिनप्रतिदिन बढिरहेकाेले चिकित्सकले समेत चिन्ता व्यक्त गर्दै जनस्वास्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

