जनमाेर्चाद्वारा कृष्ण थापालाई संसद सदस्यबाट निष्काशन

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सांसद पदबाट हटाएको छ ।

राजमोको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ । 

जनमोर्चाले सांसद थापा पार्टी सदस्य नरहेको जानकारी पत्र बिहीबार संसद सचिवालयमा दर्ता गरेको थियो । उक्त पत्रसँगै थापा सांसदबाट निष्काशन प्रक्रिया अघि बढेको प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

प्रदेश सभाका सचिव हरिराज पोखरेलका अनुसार जनमोर्चाले सांसद कृष्ण थापालाई निकालेको निवेदन दर्ता भएको र राजनीतिक दल सम्बन्धी ऐन अनुसार प्रक्रिया अगाडि बढ्नेछ ।

गण्डकी प्रदेशमा काँग्रेस सहितकाे गठबन्धनमा सरकार बनाउन राजमाेकाे निर्णयमा थापाकाे असहमति थियाे । चालु बजेट अधिवेशनमा समेत सांसद थापाले गुरुङ नेतृत्वकै सरकारकाे पक्षमा धारणा राख्नुभएकाे थियाे ।  

यसअघि पार्टी निर्णय नमानेकाे भन्दै जनमोर्चाले सांसद थापालाई पार्टीकाे केन्द्रीय सदस्य तथा साधारण सदस्यबाट समेत हटाएको थियो। 

Facebook Comments