प्रेस सेन्टर कास्कीकाे अधिवेशनः कृष्ण दवाडीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन
प्रेस सेन्टर कास्कीले कृष्ण दवाडीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।
बुधबार सम्पन्न प्रेस सेन्टरको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको होे ।
समितिको उपाध्यक्षमा दिनानाथ बराल र सोभा बराल(महिला), सचिवमा पुष्पराज दाहाल, सह-सचिवमा, सुरेसराज अधिकारी, सविना राना थापामगर (जनजाती),कोषाध्यक्ष सुशीला क्षेत्री राई निर्वाचित चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा लिलाचन्द्र अधिकारी सरोज, प्रकाशचन्द्र गिरी, बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री, विवेक भण्डारी, खगेन्द्र अर्याल, प्रकाश अधिकारी र बाबुराम सुवेदी चयन भएका छन् ।
त्यस्तै प्रेस सेन्टर पोखरा महानगरको संयोजकमा शिवराज बस्ताकोटी, अन्नपूर्ण गाउँपालिकामा श्री भद्र पौडेल, रुपा गाउँपालिका संयोजकमा सुरेशराज अधिकारी संयाेजक ताेकेकाे छ ।
कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, पदम रेग्मी, विश्वप्रकाश लामिछाने, विश्व सुवेदी, सन्देश श्रेष्ठ, निर्मला न्यौपाने, कृष्णमायाँ पोखरेल, रोशनी गुरुङ र दीपक परियारलाई केन्द्रीय प्रतिनिधिमा चयन गरिएकाे छ ।
यसैगरी प्रदेश प्रतिनिधिमा घनश्याम पाण्डे, विमल आचार्य, सविन जिसी, श्रीभद्र पौडेल, सुनिल पाण्डे, कमल गौली, कुमारी बुढा, राजेन्द्र खत्री, सन्तोष परियार, विनु थापामगर, लक्ष्मण भण्डारी, सपना विक र लक्ष्मी सुनार चयन भएका छन् ।

