नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका नेता देव गुरूङले जानकारी दिनुभयाे ।
उहाँका अनुसार समर्थन पहिले नै नरहेकाे यद्यपि फिर्ताको औपचारिकताबारे बुधबार संसदमा जानकारी दिने निर्णय भएको हो ।
माओवादी केन्द्रका नेताहरूले लामाे समयदेखि सरकारलाई समर्थन छैन भनेर अनाैपचारिक रूपमा भनेपनि औपचारिक रूपमा भने फिर्ता लिएकाे थिएन ।
Facebook Comments

