सांसद पद पुनःस्थापना गरिपाउँ भन्दै कृष्ण थापा सर्वाेच्चमा
पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाहीमा परेर सांसदबाट निष्कासनमा परेपछि कृष्ण थापाले पद पुनःस्थापना गरिपाउँ भन्दै सर्वाेच्चमा रिट दायर गर्नुभएकाे छ ।
थापाले आफूलाई संसदीय दलकाे बैठक नै नबसी हटाएकोले सांसद पद पुनःस्थापनाका गरिपाउँ भन्दै रिट दायर गर्नुभएकाे हाे ।
थापाले पार्टी निर्णय विपरीत एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङको समर्थन र कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन दाबीपत्रमा हस्ताक्षर गर्न नमानेका कारण राजमाेले पार्टीकाे जिम्मेवारी र सांसद समेत नरहने गरी कार्वाही गरेकाे थियाे ।
बिहीबार थापालाई पार्टी विधि, विधान विपरीत काम गरेको, पार्टी अनुशासन उल्लंघन गरेको भन्दै राष्ट्रिय जनमाेर्चाले प्रदेश सभामा जानकारी गराएपछि थापा सांसदबाट पदमुक्त हुनुभएकाे थियो ।
राजनीतिक दलसम्बन्धि ऐनअनुसार सम्बन्धित पार्टीकाे साधारण सदस्यबाटै हटाएकाे जानकारी गराएपछि स्वतः सांसद पद समेत खारेज हुने प्रावधान रहेकाे छ ।

