जसपाकाे ठाकुर पक्ष सरकारमा सहभागी हुने

जनता समाजवादी पार्टी (जसपा)काे महन्थ ठाकुर पक्ष आज शुक्रबार सरकारमा सहभागी हुने भएको छ।  ८ मन्त्री तथा दुई राज्यमन्त्रीसहित महन्थ पक्ष सरकारमा जान लागेको हो।

जसपाका नेता सुरेन्द्र झाले नवनियुक्त मन्त्रीहरूको साँझ ६ बजे सपथग्रहण हुने जानकारी दिनुभयाे ।

राजेन्द्र महतोलाई उपप्रधान तथा सहरी विकासमन्त्री, शरतसिंह भण्डारीलाई ऊर्जा, अनिल झालाई खानेपानी, विमल श्रीवास्तवलाई श्रम, उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय दिइएको छ।

यसैगरी लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, उमाशंकर अरगरियालाई वन तथा वातावरण, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रेणुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्री र चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री दिइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकार टिकाउनकै लागि जसपाकाे महन्थ ठाकुर र राजेन्द्र महताे पक्षलाई १० मन्त्री दिन सहमत हुनुभएकाे हाे ।

जसपाकै उपेन्द्र यादव र बाबुराम भट्टराई भने वर्तमान सरकारकाे विपक्षमा रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण जसपा एकीकरण भएकाे थियाे भने अहिले प्रधानमन्त्री केपी शर्मा ओलीकै सरकारकाे पक्ष र विपक्षमा हुँदा जसपा करिव विभाजनकाे डिलमा पुगेकाे छ ।

Facebook Comments