मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनका शीर्ष नेतावीच छलफल

मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धनमा रहेका गठबन्धनका शीर्ष नेताहरूवीच छलफल भएकाे छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएकाे हाे ।

साे छलफलमा मन्त्रिपरिषद् विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियाे ।

गठबन्धन सरकार लामाेसमयसम्म विस्तार हुन सकेकाे छैन् । एकै व्यक्तिले धेरै मन्त्रालयकाे जिम्मा लिंदा महत्वपूर्ण काम समेत राेकिने अवस्था छ । साे अवसमा समसामयिक राजनीतिक विषय, गठबन्धनलाई थप प्रभावकारी बनाउने, सरकार विस्तार गर्नेलगायत विषयमा छलफल केन्द्रीत रहेको प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।

नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकार हाल ५ सदस्यीय छ ।

Facebook Comments