सेनाकाे गुल्ममाथि अनुमतिविनै भारतीय हेलिकोप्टर उड्याे, सेनाद्वारा गम्भीर चासाे व्यक्त
अनुमति विनै भारतीय हेलिकाेप्टर दार्चुला सदरमुकाम खलंगाको बस्तीसहित नेपाली सेनाको ब्यारेकमाथि उडाएको भन्दै नेपाली सेनाले चासाे गम्भीर व्यक्त गरेकाे छ ।
सेनाले यस प्रकरणमा तत्काल भारतसँग कूटनीतिक जवाफ माग्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएकाे छ । त्यस्तै गृह मन्त्रालयले पनि उक्त बिषयमा के कसाे भएकाे स्पष्ट जवाफ माग्न भनेकाे छ ।
दार्चुलास्थित गुरु गोरख गुल्म हेडक्वार्टरमाथि भारतीय हेलिकोप्टर पटक–पटक उडाइएकाे थियाे ।
यसअघि तुइनबाट महाकाली नदी पार गर्ने क्रममा दार्चुलाका जयसिंह धामी तुइनकाे लठ्ठा चुडेर बेपत्ता हुँदा भारतीय सुरक्षा बल एसएसबी नै उपस्थितिमा उकत घटना भएपनि सरकारले कुटनीतिक रूपमा कुनै पहल नगरेकेा भन्दै अालाेचना भएकाे छ ।
उक्त समयमा एसएसबीले नै तुइनकाे लठ्ठा काटिदिएकाे स्थानीयकाे भनाइ छ ।
Facebook Comments

