गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङलाई कोरोना संक्रमण
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टी भएको छ।
कोरोना संक्रमणको आशंकामा परीक्षण गर्न मंगलबार स्वाब दिएकाेमा रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे ।
पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मुख्यमन्त्री गुरूङको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ।
यसअघि मुख्यमन्त्री गुरूङकाे एन्टिजेन परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । गुरूङलाई कोरोना पुष्टी भए लगत्तै गण्डकी प्रदेशका सभामुख र संसदीय दलका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।
प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीकाे संयाेजनमा मंगलबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूकाे बैठक मुख्यमन्त्री गुरूङ सहित बसेकाे थियाे ।
संक्रमण पुष्टी भएसँग मुख्यमन्त्री गुरूङ हाेम आइसाेलेसनमा रहेकाे सचिवालयले जनाएकाे छ ।
Facebook Comments

