नवनियुक्त मन्त्रीद्वारा सपथ तथा पदभार ग्रहण

पुनर्गठित मन्त्रिपरिषद्‍का मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा एक समारोहबीच शपथ ग्रहण गराउनुभएकाे हाे ।

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह सकारमा सामेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएकाे हाे ।

पुनर्गठित मन्त्रिपरिषद्‍मा ३ जना उपप्रधानमन्त्रीसहित १२ जना मन्त्री र २ जना राज्यमन्त्री छन् ।  जसपाको ठाकुर समूह वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सामेल भएको हाे । 

पछिल्ला तीन वर्ष चार महिनामा ओली नेतृत्वकाे मन्त्रिपरिषद् १८ पटक फेरबदल भएकाे छ । स्वयं ओली नै २ पटक प्रधानमन्त्री बन्नुभएकाे छ ।

ओलीकाे मन्त्रीमण्डलमा अहिलेसम्म ५९ जनाले मन्त्री बन्ने साैभाग्य पाएका छन् । अव मन्त्री परिषद् पुनः विस्तार हुने क्रममा छ । किनकि ओलीले ७ वटा मन्त्रालय आफैसँग राख्नुभएकाे छ ।

यस्तो छ पुनर्गठित मन्त्रिपरिषद् 

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, उद्योग वाणिज्य, कृषि, र सामान्य प्रशासन मन्त्रालय 

विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री

राजेन्द्र महतो : उपप्रधान तथा शहरी विकास मन्त्री

रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्रमन्त्री

लीलानाथ श्रेष्ठ :  कानून न्याय तथा संसदीय मामिलामन्त्री

बसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री 

शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

कृष्णगोपाल श्रेष्ठ : शिक्षामन्त्री 

लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था मन्त्री 

शरतसिंह भण्डारी : ऊर्जा मन्त्री 

अनिल झा : खानेपानी तथा सरसफाई मन्त्री 

विमल श्रीवास्तव : श्रम तथा रोजगार मन्त्री 

उमाशंकर अरगरिया : वन तथा वातावरण मन्त्री 

चन्दा चौधरी :  महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री 

एकवाल मियाँ : युवा तथा खेलकुद मन्त्री 

चन्द्रकान्त चौधरी : ऊर्जा राज्यमन्त्री

रेणुका गुरुङ : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री 

Facebook Comments