लुम्बिनीमा विशेष अधिवेशन आह्वान, एमालेकाे आपत्ति
लुम्बिनी प्रदेशकाे विशेष अधिवेशन यही २७ गतेका लागि बाेलाइएकाे छ ।
मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि आगामी साउन २७ गते विशेष अधिवेशन आह्वान गरिएकाे हाे ।
प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गर्दै प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि विशेष अधिवेशन आह्वान गर्नुभएकाे जानकारी दिएकाे छ ।
लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनले तेस्राेपटक सरकारविरूद्ध मंगलबार अविश्वास प्रस्ताव दर्ता गरेका थिए । यसअघि विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो।
लुम्बिनीका मुख्यमन्त्री पोखरेल अल्पमतमा परेकाले बजेट समेत अध्यादेशबाट ल्याइएकाे थियाे ।

Facebook Comments

