मुख्यमन्त्रीकाे निवासमा सांसद नै बन्धक !

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको जिकीर गर्नुभएकाे छ ।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्धक बनाएर राखेको बताउनुभएकाे हाे ।

एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर १९ साउनको विज्ञप्ति जारी गराएको तथा अन्य २ स्थानमा समेत जबरजस्ती हस्ताक्षर गर्न लगाइएकाे वलीकाे दावी छ ।

आफूले १९ वैशाखमै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको स्मरण गराउँदै वलीले आफू माओवादीमै रहने पार्नुभयाे ।

वलीका अनुसार १५ साउनमा नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउतले नेपालगंज उपचारका लागि जान लाग्दा झुक्याएर जबरजस्ती बुटवल लगिएकाे पनि वलीले उल्लेख गर्नुभएकाे छ ।

प्रदेशसभा सदस्य वलीका अनुसार २० गते उहाँ अरू सबै आराम मुख्यमन्त्री निवासबाट शाैचालयकाे चप्पल लगाएर भाग्न सफल भएपछि माओवादी केन्द्रको सम्पर्कमा पुग्नुभएकाे हाे ।

Facebook Comments