हिन्दुहरुकाे दाेस्राे ठूलाे पर्व तिहार मनाइँदै

हिन्दुहरुकाे दाेस्राे ठूलाे पर्व तिहार मनाइँदैछ । शुक्रबार तिथि अनुसार गोवरधन पूजा परेन यद्धपि आजको दिन गाईगोरु, हलिफाली अनि अन्य कृषिजन्य औजारहरु पूजा गरि मनाइएकाे छ ।

कृषिप्रधान नेपाली दैलोहरुमा हिँउदको शुरुवातसंगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरु बाहिर निकालेर आजका दिन पूजा गर्ने चलन छ । यसकारण पनि आजका दिनलाई हलितिहार भनिएको हो ।

शनिबार भाइटिका लगाएपछि तिहार सकिन्छ । भाइटिकामा दिदि बहिनीहरुले दाजुभाइलाइ टिका तथा उपहार दिने गर्दछन् भने दाजुभाइले पनि दिदीबहिनीलाइ गच्छेअनुसार दक्षिणा तथा उपहार दिने गर्दछन् ।

नेवारी समूदायमा नयाँ वर्ष तथा म्ह पूजा मनाइँदै

नेवारी समूदायमा आजको दिन म्हपूजा भनेर धुमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना हो । आजको दिन आत्मतत्तवलाई वोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो । नेवारी भाषामा म्हं शब्दको प्रयोग र ईतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययकारुपमा ब्यापक रुपमा वोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला ? अर्थात तपाईलाई सञ्चै छ ?

अन्य वर्षहरुमा आजकै दिन नेवार समुदायले नेपाल संवतको नयाँ वर्ष अर्थात् पहिलो दिन अर्थात न्हुदँया भिन्तुना (नयाँ वर्षको शुभकामना आदान प्रदान) गर्ने चलन हुन्थ्यो तर यस वर्ष भनें भोली अर्थात भाइटीकाका दिन गोवरधन पूजा र भिन्तुना पर्न गएको छ । नेपाल सम्वत् ११४२ शुरू भएकाे छ ।

आज गोबर्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचिन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्वका कारण सम्झिने गरिन्छ ।

भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबरधन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलाइ ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ ।

Facebook Comments