गण्डकी प्रदेशसभाकाे बैठक २७ गते, अविश्वासकाे प्रस्तावमाथि मतदान हुने

गत १५ गते बसेकाे बैठककै दिन एक सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ ।

त्यसैदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान प्रक्रिया समेत अगाडि बढाउन दलहरू सहमत भएका छन् ।

बिहीबार बसेकाे कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले २७ गते बैठक राख्ने प्रस्ताव  गर्नुभएकाे हाे ।

यसअघि सत्तापक्ष र विपक्षी दलहरू संसद सञ्चालनका विषयमा फरक फरक अडानमा रहेका कारण सहमति हुन सकेकाे थिएन ।

Facebook Comments