पुनर्निर्माण प्राधिकरणका काम भदाैभित्रै हस्तान्तरण भइसक्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सञ्चालन गरिरहेका कामहरू अव सम्बन्धित मन्त्रालय वा स्थानीय निकायबाट हुन भएका छन्र ।

प्राधिकरणाकाे ताेकिएका कार्यवधि आगामी पुसमा सकिँदैछ । त्यसअगाडि प्राधिकरणबाट अहिले भइरहेका कामहरु सम्बन्धित मन्त्रालय तथा निकायमा हस्तान्तरण गरिसक्नुपर्ने भएकाले भदाैभित्र नै जिम्मेवार हस्तान्तरणा गर्न लागिएकाे हाे ।

प्राधिकरण एक विज्ञ सदस्यका अनुसार प्राधिकरण निर्देशक समितिकाे निर्णय अनुसार भदौ मसान्त भित्रै प्राधिकरणले आफ्नो जिम्मेवारीमा रहेका कामहरु सम्बन्धित मन्त्रालय र निकायलाई हस्तान्तरण गरिनेछ ।

पुस १० पछि स्वतः पुननिर्माण प्राधिकरण खारेज हुने छ । निजी आवासको बाँकी काम शहरी विकास तथा भवन निर्माण विभागले स्थानीय निकायसँगकाे समन्वयमा पुरा गर्नेछ ।

Facebook Comments