पाैडेल, श्रेष्ठ र गहतराज मन्त्री बन्दै

नेकपा माओवादी केन्द्रले गठनबन्धन सरकारमा पठाउने मन्त्रीहरूकाे नाम टुंगाे लगाएकाे छ ।

मंगलबार बसेकाे पार्टीकाे स्थायी कमिटी बैठकले शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको हो।

राज्यमन्त्रीमा बोधमाया यादवलाई पठाउने निर्णय गरिएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

यसअघि सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेकाे थियाे । माओवादी केन्द्रबाट यसअघि अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल भइसकेका छन्। माओवादी केन्द्रको भागमा ५ मन्त्री र १ राज्यमन्त्री परेको छ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी रहेका छन् ।

Facebook Comments