राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि थापा, देवकाेटा र तामाङकाे उम्मेदवारी

वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता भएकाे छ ।

साे उप निर्वाचनका लागि सत्तारूढ नेकपा(एमाले)काे तर्फबाट रामबहादुर थापा ‘बादल’ र नेपाली काँग्रेस, माअाेवादी केन्द्र, एमालेकै माधवकुमार नेपाल समूहका तर्फबाट खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

बादल र देवकोटासँगै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङको पनि उम्मदेवारी दर्ता भएको छ । उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धा बादल र देवकोटाकाे वीचमा हुनेछ ।

बादलको उम्मेदवारी प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती तथा देवकोटाको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल र समर्थक कांग्रेस सांसद राधा घले रहनुभएकाे छ ।

स्मरणीय छ, उक्त सिटमा माओवादी केन्द्रका तर्फबाट तत्कालीन बाम गठबन्धनका उम्मेदवारका रूपमा रामबहादुर थापा बादल निर्वाचित हुनुभएकाे थियाे ।

नेकपामा विग्रह भएसँगै प्रधानमन्त्री ओलीकाे पक्षमा लाग्दै एमालेमा प्रवेश गेपछि माओवादी केन्द्रले बादललाइ कार्वाही गरेका कारण उक्त सिट रिक्त भएकाे हाे ।

Facebook Comments