ओलीसँग कुनै सहमति भएकाे छैनः नेता नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको भन्दै भ्रममा नपर्न आफू निकट नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपालले पार्टी २०७५ जेठ २ गतेकाे कमिटी, विधान र नेतृत्व नै बटमलाइन भएकाे नेता नेपालकाे धारणा छ ।

विहीबार राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएका नेता नेपालले शुक्रबार विभिन्न सञ्चारमाध्यमहरुमा सहमति हुन लागेको भन्ने आशय सहितका समाचार आएपछि नेपालको यस्तो धारणा सार्वजनिक भएको हो ।

नेता नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत् यस्तो धारणा गर्नुभएको हाे ।

नेपालले लेख्नुभएकाे छ, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

Facebook Comments